विमान दुर्घटनाका सम्बन्धमा गठित समितिको प्रतिवेदन समयमै सार्वजनिक गर्न माग
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले माघ १ गते भएको विमान दुर्घटनाको सत्यतथ्य, निष्पक्ष छानविन र गठित समितिले समयमै प्रतिवेदन बुझाउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरुले माघ १ गते काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै दुर्घटनाको समय सीमाभित्र प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।
सांसद अनिता देवकोटाले कुरा गर्नुभन्दा पनि परिणाममुखी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको बैठकमा शून्य समयमा बोल्नुहुँदै उहाँले नेपाली आकाश असुरक्षित हुँदै गएकोले दुर्घटना हुन नदिनका लागि सरकारले गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
अर्का सांसद इन्दु कडरियाले माघ १ गते भएको विमान दुर्घटना नदोहोर्याउनका लागि सरकार संवेदनशील हुन जरुरी रहेको र हवाई यात्रालाई सुरक्षित तथा भरपर्दो बनाउनका लागि जहाजको क्षमता परीक्षण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद खिमलाल देवकोटाले मुलुकमा गरिब र बेरोजगारीको फाइदा उठाउँदै प्रलोभन दिँदै धर्म परिवर्तन भइरहेकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा शून्य समयमा सांसदहरु दिलकुमारी रावल थापा पार्वती, प्रकाश पन्त, सिंहबहादुर विश्वकर्मा लगायतकाले बोल्नुभएको थियो ।
राष्ट्रियसभाको बैठक अहिले जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रियसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्