संचार केन्द्र मार्फत बाराका हावाहुरी पिडितलाई कर्मा लेसीलिङ्गको ४० हजार नगद सहित ११ बोरा कपडा सहयोग
काठमाडौ । केही दिन अघि हावाहुरीका कारण बारामा २७ जना र पर्सामा एकजनाको ज्यान गएको थियो । चारसय भन्दा धेरै घाइते भएका थिए।
बाराका बिभिन्न ठाउँमा हावाहुरीले घर भत्किनुका साथै बिजुलीका पोल ढाल्नुका साथै बिजुलीका पोल ढल्दा र गुडीरहेको गाडी पल्टिंदा ठूलो मानवीय क्षति भएको हो ।
तराईको यस्तो बिपतमा हिमालका लामाहरु द्धारा राहात संकलन गरेर बितरण गेका छन ।
राजधानिको कर्मा लेसीलिङ्ग इस्चीच्युटले करिब ११ बोरा कपडा र ४०,००० हजार नगर हस्तान्तरण गरेको छ ।

राजधानिको संचारकेन्द्रमा एक कार्यक्रम बिच सो राहात हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर ,अभिभावक संघका अध्यक्ष शुप्रभा भण्डारी ,सिटीइभिटीका सदस्य सचिव पुष्परमण वाग्ले ,हिसानका केन्द्रिय सचिव रामहरि सिलवाल पत्रकारहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रममा कर्मा लेसीलिङ्गको तर्फबाट समाजसेवी डा .राजु गुरुङ्गले बारामा भएको विनासकारी हावाहुरीका पीडितहरुलाई ४० हजार रुपैँया र केही लत्ताकपडा सहयोग गरेका छन । सो सहयोग रकम र लत्ताकपडा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले पत्रकार महासंघ वाराका अध्यक्षलाई वैशाख ७ गते नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका रौतहट टाइम्स साप्ताहिकले प्रकाशन गरेको २०७६ सालको क्यालेण्डरसमेत सार्वजनिक भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्मा लेसीलिङ्ग, #बाराका हावाहुरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्