Techie IT
मंगलबार, जेठ १२,२०८३

२०७४ सालमा कांग्रेसकै कारण सर्वसम्मत रूपमा राष्ट्रपति चयन हुन सकेनः योगेस भट्टराई


काठमाडाैं । नेकपा एमालेका सांसद योगेस भट्टराईले नेपाली कांग्रेसकै कारण २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा चयन हुन नसकेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भएपनि कांग्रेसप्रति लक्षित गर्दै कांग्रेसकै कारण सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुन नसकेको बताउनुभयो । उहाँले कांग्रेस इतिहासमा हेर्ने हो भनेपनि सबैभन्दा लाभ लिने र अरुलाई हस्तान्तरण नगर्ने दलको रुपमा रहेको दावी गर्नुभयो ।

उहाँले कांग्रेस लगायत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै दलहरुले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्न आग्रह गर्नुभयो ।

सभामुख पदका उम्मेदवार घिमिरे सबै किसिमले सभामुख बन्नका लागि योग्य पात्र रहेको उहाँले बताउनुभयाे । घिमिरेलाई सभामुख पदमा निर्वाचित गर्न आग्रह समेत सांसद भट्टराईले गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #योगेस भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्