इसा अवार्ड प्राप्त गरेकोमा डा. रुइतलाई प्रधानमन्त्री दाहालको बधाइ
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गर्नुभएको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताउनुभएको छ । डा रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले आज बिहान सामाजिक सञ्जालमार्फत डा रुइतलाई बधाई दिँदै राज्यसँग उहाँले गर्नुभएको अपेक्षालाई गम्भीरतापूर्वक लिने बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ “वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतले प्रतिष्ठित इशा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।”
डाक्टर रुइतले आफ्नो पछिल्लो उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्ने बारेमा नजिकबाट हेरिरहेको बताउनुभएको थियो । आँखा उपचारमार्फत उहाँले मानव सेवामा गर्नुभएको योगदानको कदर गर्दै बहाइनले झण्डै रु १३ करोड पुरस्कार राशिको इशा अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #डा सन्दुक रुइत, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्