कर्णालीका उपसभामुख यशोदा न्यौपानेद्वारा शपथ ग्रहण
सुर्खेत । कर्णाली प्रदेशका नव निर्वाचित उपसभामुख यशोदा न्यौपानेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख तिलक परियार, प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा प्रदेश सभामुख नन्दा गुरुङले आज प्रदेश कार्यालयमा आयोजित एक समारोहमा उपसभामुख न्यौपानेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
कार्यक्रममा मन्त्री, सांसद, नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । यसअघि आजै कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौँ बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट न्यौपाने निर्वाचित हुनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्