छिट्टै मन्त्रीहरुको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री हिक्मत कार्की
काठमाडाैं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन हुने बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गर्नुभयो ।
झापाको गौरादहमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताउनुभयो । उहाँले मन्त्रालयको सङ्ख्या नौ पुर्याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने बताउनुभयो ।
उहाँले सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने बताउनुभयो । मुख्यमन्त्री कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामाकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने जानकारी गराउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #हिक्मतकुमार कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्