प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज र कांग्रेसका इश्वरीदेवीको उम्मेदवारी दर्ता
काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसका सांसद इश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आज सत्ता साझेदार दलका तर्फबाट सांसद घिमिरेले र नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सांसद न्यौपानेले सभामुख पदमा मनोनयन दर्ता गराउनुभएको हो ।
सत्ता साझेदार दलका तर्फबाट मनोनयन दर्ता गराउनुभएका घिमिरेको नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रस्तावक र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक रहनुभएको छ ।
नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराउनुभएकी इश्वरीदेवी न्यौपानेको प्रस्तावक नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला, समर्थक रहनुभएको छ ।
यसअघि, आजै नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरूको कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले नेपाली काङ्ग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सभामुख चयनका लागि भोलि बिहीबार बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुने कार्यक्रम रहेको छ । जस अन्तर्गत बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने तथा उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इश्वरीदेवी न्यौपाने, #देवराज घिमिरे, #नेकपा एमाले, #नेपाली कांग्रेस, #सभामुख
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्