बागमती प्रदेश: मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेससहित छ दलले दिए विश्वासको मत
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएका छन्।
उनलाई सत्ता गठबन्धनसँगै नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ। अब बागमती प्रदेशको प्रतिपक्षमा नेमकिपा मात्र रहेको छ। बागमती प्रदेशका ११० सांसद मध्ये १०५ जनाले जम्कट्टेललाई विश्वासको मत दिएका हुन्।
नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका सभामुख बाहेक ११, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पाटीका २ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन्।
नेमकिपाका ३ जना प्रदेशसभा सदस्यले मात्र विपक्षमा मतदान गरेका छन्। राप्रपाका लक्ष्मी घिमिरे अनुपस्थित थिए। विश्वासको मत पाएपछि मुख्यमन्त्रीले अब मन्त्रीपरिषद् विस्तारको गृहकार्य अघि बढाउने बताएका छन्।
विश्वासको मत दिने सबैको भावना समेटेर काम गर्ने मुख्यमन्त्री जम्कट्टेलले बताए। उनी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्लेले केन्द्रमा पनि सरकारलाई विश्वासको मत दिएकाले सोही नीतिअनुसार प्रदेशमा पनि विश्वासको मत दिएको बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बागमती प्रदेश, #शालिकराम जम्कट्टेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्