वीरगञ्जमा ५ हजार १० टन युरिया मल आइपुग्यो
वीरगञ्ज । सरकारले भारतसँग जीटूजी प्रक्रियाबाट किनेको युरिया मल अहिले धमाधम मुलुकको प्रमुख नाका वीरगञ्ज हुँदै नेपाल भित्रिएको छ ।
वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेसन हुँदै एक साता यता दुई रेलवे र्याकमा ५ हजार १० टन युरिया मल नेपाल भित्रिइसकेको छ ।
कृषि सामाग्री कम्पनीका वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा मल राखिएको भए पनि किसानले समयमा पाउन नसक्दा गहुँ बालीमा छर्ने मल नभएको गुनासो किसानले गरेका छन् ।
अहिले गहुँ खेतीको लागि युरिया मल आवश्यक रहेकोले सहज रुपमा किसानले मल पाउने गरी कृषि सामाग्री कम्पनीले तत्काल वितरण गर्नुपर्ने नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी साहले बताउनुभयो । पहिलो र्याकको २ हजार ५ सय १० टन युरिया मल कृषि सामाग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले आफ्नो गोदाममा भण्डारण गरिसकेको छ ।
प्रायः सबै जिल्लाबाट युरिया मलको माग आए पनि कार्यालयले मल वितरण गर्न नसकेको जनाइएको छ । वीरगञ्जस्थित प्रादेशिक कार्यालय मातहत प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशको समेत गरी डेढ दर्जन जिल्ला रहेका छन् ।
अहिले किसानलाई गहुँ बालीमा छर्न युरिया मलको आवश्यकता रहेको छ । मल आइसक्दा पनि किसानको पहुँचमा नपुग्नु दुःखद भएको किसान संघ पर्साका अध्यक्ष साहको भनाई छ ।
जीटूजीबाट आएको २ हजार ५ सय १० र त्यसअघि मौज्दात ९ सय ९५ गरी ३ हजार ५ सय ५ टन युरिया मल मौज्दात रहेको कृषि सामग्री कम्पनीका वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले जानकारी दिनुभयो । कम्पनीको केन्द्रीय कार्यालयबाट मल परिचालनको पत्र आउनासाथ वितरण प्रक्रिया अगाडी बढाइने आलोक कुमारले बताउनुभयो ।
किसानलाई गहुँ बालीका लागि युरिया र उखु बालीका लागि डीएपी मलको आवश्यकता रहेको आलोक कुमारले जानकारी दिनुभयो । कृषि सामाग्री कम्पनी लिमिटेड कार्यालय वीरगञ्जमा अहिले ५ सय ६५ टन डीएपी मल मौज्दात रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #युरिया मल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्