हवाई सुरक्षामा कडाइ आवश्यक छ : पर्यटनमन्त्री सुदन किराती
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने बताएका छन् । मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन प्रयास गर्ने बताएका हुन् ।
आइतबार पोखरामा भएको जहाज दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक बस्ने उनले जानकारी दिए । मन्त्री किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो ? यो क्षेत्रमा के कस्ता कमजोरी छन् भन्नेबारे प्राधिकरणसँग जानकारी लिने बताए ।
मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह गरे । माला किन्ने पैसा सहयोग पेटिकामा राख्न आग्रह गर्दै उनले आफ्नो तर्फबाट एक महिनाको रकम सहयोग पेटिकमा राख्ने बताए ।
मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह गरे । माला किन्ने पैसा सहयोग पेटिकामा राख्न आग्रह गर्दै उनले आफ्नो तर्फबाट एक महिनाको रकम सहयोग पेटिकमा राख्ने बताए ।
काम गर्ने वातावरण सफा हुनु पर्ने भन्दै उनले सबै पर्यटन मन्त्रालय मातहतका शौचालयहरुलाई मन्त्रीले प्रयोग गर्ने जस्तै सफा राख्न निर्देशन समेत दिए । देशको अर्थतन्त्र जर्जर रहेको भन्दै मन्त्री किरातीले मन्त्रालयका कुनै पनि सामान नफेर्न निर्देशन दिए । मन्त्रालयमा भएका विसङ्गती पूर्णरुपमा हटाउने उनको उद्घोष थियो ।
साँस्कृतिक पर्यटनमा जोड दिंदै उनले हाम्रो देशमा फोटोकपी नहुने तीन सम्पदाको सम्बर्द्धन गरी पर्यटन विकास गरिने बताए । ‘सगरमाथा, पशुपतिनाथ, लुम्बिनीलाई सम्बर्द्धन र विकास गरी पर्यटन विकास गर्ने हो’ उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, #सुदन किराँती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्