शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा खनाल शिक्षामन्त्री नियुक्त भएका हुन् ।
काठमाडौं–६ बाट प्रत्यक्ष निर्वाचित खनाल सार्वजनिक नीतिशास्त्र पढेका, माध्यमिक शिक्षाको समस्यालाई नजिकबाट बुझेका र त्यसमै काम गरेर आएका व्यक्ति हुन् ।
‘टिच फर नेपाल’ नामक संस्थाका संस्थापक उनले २०७४ सालको निर्वाचनपछि तुलसीपुर महानगरपालिकामा शिक्षा सल्लाहकार भएर काम गरेका थिए । तत्कालीन मेयर घनश्याम पाण्डेको बुझाइमा नवनियुक्त शिक्षा मन्त्री खनाल शिक्षा क्षेत्रमा मुलुकले भोगिरहेको समस्याबारे राम्रो जानकारी राख्छन् ।
‘उहाँलाई गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षाबारे राम्रो ज्ञान छ’, पाण्डेले भने, ‘तुलसीपुरमा पनि काम गरेर उहाँले आफूलाई प्रमाणित गरिसक्नुभएको छ । अब त्यसैलाई देशव्यापी बनाउने अवसर उहाँसँग छ ।’ खनालसँग केही गरौं भन्ने हुटहुटी पनि भएको बताउँदै उनी कर्मचारी संयन्त्र र राजनीतिक संयन्त्र रुपान्तरणमा कति तयार हुन्छन् भन्ने चाहिँ शिशिरका लागि चुनौती हुने बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं ६, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग, #शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, #शिशिर खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्