नेपालगञ्ज बाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद
नेपालगन्ज। नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद भएको छ । धम्बोझीचोकस्थित पाहुना घर होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेको हाे ।
पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ । ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठामा हेर्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको छ ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताउनुभयो । प्रहरीले होटलमा बसेको व्यक्तिको खोजी गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नक्कली नोट बरामद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्