उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक साँझ ५ बजे बस्ने
काठमाडौँ । सत्तारुढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले साँझ ५ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा निर्णय गर्नका लागि बैठक हुन लागेको जानकारी दिनुभयो ।
बालकोटमा भएको शीर्ष नेताबीचको छलफलपछि साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो ।
’उहाँले भन्नुभयो, प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकबीचको भेटघाट सम्पन्न भएको छ,’ आजै ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । जे जस्ता कार्यसूचीहरू बाँकी छन् ,त्यसमा एकसरो गृहकार्य भएको छ । छिट्टै सबै विषयमा आवश्यक निर्णय हुने कुरा यहाँहरूलाई अवगत गराउँछु ।’
उपप्रधान पौडेलले सत्ता साझेदार दल एक ठाउँमा भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डको पछिल्ला अभिव्यक्ति र नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछिको सम्भावित परिणामपछि एमालेले संशय व्यक्त गरिरहेको चर्चा चलिरहेको बेलामा उहाँले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताउनुभयो ।
उहाँले भोलि विश्वासको मत दिने दलहरूसँग बैठक बस्न लागेको भन्दै त्यहाँ अन्य दलको विचार पनि सुन्ने र पार्टीका कुराहरू पनि राख्ने बताउनुभयो ’।
सरकार जे जस्तो राजनीतिक दलहरूको सहमतिमा अगाडि बढेको छ ,गतिका साथ द्रुत गतिमा अगाडि बढ्ने बताउँदै उहाँले सरकारको आयुको बारेमा शङ्का गर्नुपर्ने ठाउँ नभएको प्रष्ट पार्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उच्चस्तरीय राजनीतिक संयन्त्र, #सत्तारुढ दल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्