मन्त्रालय भागबण्डामा सहमति जुटाउन बालुवाटारमा आज साँझ गठबन्धनको बैठक बस्दै
काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको लागि उनले आज सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
आजै साँझ सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग पनि प्रधानमन्त्री दाहालले छलफल गर्दैछन् । २६ पुषमा संसद्मा विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले एक साता बित्न लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । यसबारेमा एमाले अध्यक्ष ओलीसमेत चासो राखेपछि आज भने दाहालले तदारुकता देखाएका छन् ।
आज साँझ बस्ने ७ दलको बैठकले मन्त्रिमण्डलको भागबण्डा टुँगो लगाउने भएको छ। मन्त्रालय भागबण्डामा कुरा मिलेपनि सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनबारे भने प्रधानमन्त्री दाहालले रहस्यमयी मौनता साँधेका छन् । यसले पनि सत्ता गठबन्धनमा रहेका दलहरुबीच अविश्वास पैदा भएको छ । भोलि सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक हुँदैछ । यही माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल, #सत्ता गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्