‘ब्ल्याक बक्स’ के हो ? ‘ब्लाक बक्स’ बाट विमान दुर्घटनाको कारण पत्ता लाग्छ ?
काठमाडौं । विमानको पछिल्लो भागमा पंखाको साईडमा राखिएको एक महत्वपूर्ण उपकरण हो ब्ल्याक बक्स ।
विमान दुर्घटना भएपछि दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सले ठूलो सहायता गर्दछ । हरेक विमानमा ब्ल्याक बक्स हुन्छ र दुर्घटनापछि यो ब्ल्याक बक्स खोजिन्छ । ब्ल्याक बक्स के हो र यसले के काम गर्छ भन्ने बारेमा भने धेरैलाई थाहा नहुन सक्छ ।
ब्ल्याक बक्स खासमा एक रेकर्डर हो । यो रेकर्डरमा विमान दुर्घटना हुनुभन्दा अघि २ घण्टाको आवाज रेकर्ड हुन्छ । यसमा विमानभित्रका सबै आवाज रेकर्ड हुन्छन् । विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स क्षति हुँदैन । यसमा रेकर्ड भएको आवाजको आधारमा दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ ।
ब्ल्याक बक्समा इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुन्छ । र, त्यसबाट के थाहा हुन्छ भने, दुर्घटनाका बेला जहाजमा कस्तो अवस्थामा थियो । पाइलटहरुले के कस्तो कुरा गरेका थिए ? के भनेका थिए ? यी सबै कुरा त्यहि ब्ल्याक बक्सबाट थाहा हुन्छ ।
सुरक्षाको दृष्टिले ब्ल्याक बक्सलाई खासगरी विमानको पछिल्लो भागमा राखिएको हुन्छ । यो बक्स एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन । ब्ल्याक बक्स जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ, जसले जहाज दुर्घटनाको बेला के कस्ता आवाज आए भन्ने कुरा रेकर्ड राख्छ । यतिसम्म की समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।
ब्ल्याक बक्स सुन्तला रंगको हुन्छ । ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । एउटा एफडीआर (फ्लाइट डाटा रेकर्डर) र अर्को सीभीआर (ककपिट भ्वाइस रेकर्डर) । एफर्डआरले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने सीभीआरले ककपिटमा पाइलटहरुको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #‘ब्ल्याक बक्स’, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्