सल्यानमा ऐलानी जग्गामा बनाइएका घरटहरामा चल्यो डोजर
सल्यान । सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर चलाएको छ । आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका १ श्रीनगर स्थित बसपार्क क्षेत्रका घरटहरामा सोमबार नगरपालिकाले डोजर चलाएको हो ।
श्रीनगर बजार नजिक रहेका सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका झन्डै १ सय ५० बढी घरहटरा हटाइएको नगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा ३५ रोपनी क्षेत्रफलमा बनाइएको घरटहरामा डोजर चलेको मेयर प्रकाश भण्डारीले जानकारी दिनु भयो । मङ्सिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा बनेको घरटहरा हटाउने निर्णय अनुसार ३५ दिने सूचना जारी गरी घरटहरा हटाइएको उहाँको भनाई छ । ३५ दिने सूचना जारी गर्दा पनि नहटाउने घरटहरामा डोजर चलेको भण्डारीले बताउनु भयो । कानुनको परिधिभित्र रहेर विकास निर्माणको काम गर्न आफूलाई कसैले अवरोध गर्न नसक्ने उहाँको भनाई छ ।
स्थानीय घर र जग्गाधनीहरूले भने बसपार्क क्षेत्रमा मात्र भन्दा पनि ऐलानी जग्गामा बनेका सम्पूर्ण घरटहरा भत्काउनु पर्ने बताएका छन् । घरटहरा भत्काउनेमा आफूहरूको विरोध नरहेको भन्दै उनीहरूले अन्य स्थानमा ऐलानी जमिनमा बनेका संरचना पनि भत्काउनु पर्छ भन्ने माग रहेको उनीहरूको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्