संसदीय विशेष समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश
काठमाडौँ । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा समितिका संयोजक खिमलाल भट्टराईले सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरू सभा समक्ष पेश गर्नुभयो ।
यस अघि विशेष समयमा बोल्नुहुँदै सांसद जगप्रसाद शर्माले मुलुकको समृद्धिका लागि सुशासन र स्थिरता आवश्यक पर्ने भन्नुहुँदै दलहरू एकताबद्ध भएर समृद्धिको पथमा अघि बढ्नुपर्ने बताउनुभयो ।
सांसद जितेन्द्र नारायण देवले राजनीतिक आन्दोलनका कारण अन्यायमा परेका रेशम चौधरी लगायतलाई न्याय दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले सङ्घीयतालाई प्रभावकारी बनाउन नागरिकको आवश्यकता र चाहानालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सांसद भैरव सुन्दर श्रेष्ठले सरकारले न्यूनतम साझा कार्यक्रममार्फत मुलुकको समृद्धिको योजना अघि सारेको भन्नुहुँदै वर्तमान सरकारले जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सांसद बामदेव गौतमले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिनु स्वाभाविक भएकाले धेरै टिका टिप्पणी गर्नु आवश्यक नभएको उल्लेख गर्नुभयो ।
बैठकमा सांसद्हरु जयन्तीदेवी राई, मोहम्मद खालिद, खिमलाल देवकोटा,शेखरकुमार सिंह, भगवती न्यौपाने, उदयबहादुर बाहोरा, विमला घिमिरे, प्रकाश पन्थ लगायतले समसामयिक विषयमा आ आफ्नो धारणा राख्नुभयो
राष्ट्रियसभाको अर्को बैठक माघ ५ गते दिउँसो १ बजे बस्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रिय सभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्