माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको व्यापार बढ्यो
काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तरुलको व्यापार बढेको छ । माघे सङ्क्रान्तिको दिन बिहानै उठी स्नान गरी पूजाआजा गर्ने र अघिल्लो दिन राति उसिनेर राखेको तरुल बिहान पूजाआजा सकेपछि खाने प्रचलन रहेको पाइन्छ । सङ्क्रान्तिको दिन उसिनेको तरुल खाए जाडो भाग्छ भन्ने भनाइसमेत रहेको पाइन्छ ।
हामीकहाँ धेरै थरीका तरुल पाइन्छ । घर तरुल, बन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल, इस्कुसको जरा । यससँगै पिँडालु, सख्खर खण्ड आदि पनि खाइन्छ । अर्थात् यस सिजनमा जे जति कन्दमूल उत्पादन हुन्छन्, ती माघे सङ्क्रान्तिको विशेष परिकार बन्छ । तरुल जमिन मुनी फल्ने पोषण र औषधीय गुण ले भरिपूर्ण तरकारी हो। संसार भरी ६ सय किसिमका तरुल पाइन्छन् र नेपाल मा १३ किसिमका तरुल पाइन्छ।
तरुल नेपाल को धेरै ठाउँमा खेती गर्न सकिन्छ। बन जङ्गल, सामुदायिक बन, पखेरो जग्गा जता ततै तरुल खेती हुन सक्छ। नेपालको कर्णाली प्रदेशको खाद्य सङ्कट को समाधान पनि तरुल हुन सक्दछ। भात खानु भन्दा तरुल खानु स्वास्थ्यको लागि धेरै नै लाभदायक हुन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #तरुल, #माघे सङ्क्रान्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्