प्रदेश –१ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित
काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नु भएका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो । उहाँलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकाले कांग्रेसले उम्मेदवार खडा गरेको थिएन । त्यसकारण गौतम निर्विरोध हुनुभएको हो । बिहिबार बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरेको हो । प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो । गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुनुहन्छ ।
प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । एमाले र माओवादीबीच प्रदेश १ मा पदहरु भागवण्डा गर्दा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादी केन्द्रको भागमा राख्ने सहमति भएको थियो ।
उपसभामुखको निर्वाचनका लागि भने आज मनोनयन हुनेछ । एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की बनिसक्नु भएको छ । उहाँले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिदै हुनुहन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रदेश १, #बाबुराम गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्