रोल्पाको दुर्गम गाउँमा पहिलो पटक पुग्यो बिजुली, स्थानीयवासी खुसीले गदगद

रोल्पा । रोल्पाको गंगादेब गाउँपालिकाका स्थानीयवासी यतिखेर खुसीले गदगद छन् । आफ्नो दुर्गम गाउँमा पहिलोपटक बत्ती बाल्न पाउँदा उनीहरूमा खुसीयाली छाएको हो । पहिलो पटक बत्ती बाल्न पाउँदा आफूहरूमा खुसीको सीमा नरहेको उनीहरूले बताए ।
नेपाल बिद्धुत प्राधिकरण रोल्पा वितरण केन्द्रलेले पहिलो पटक यहाँ बिजुली बत्ती बालिदिएपछि बिद्धुत जडान कार्यमा संलग्न भएका प्राविधिक कर्मचारी सँगै बिद्धुतको पोल र ट्रान्सफर्मरलाई गाउँलेहरूले फुलमाला लगाएर स्वागत गरेका छन् । वडा नम्बर ३ का वडा अध्यक्ष लोकमान वली र वडा नम्बर १ का वडा अध्यक्ष अम्रीत वलीको उपस्थितिमा बुधबार साँझ गाउँलेहरूले बाजागाजा सहित उहाँहरूलाई फुलमाला तथा अबिर लगाइदिएर भव्य स्वागत गरेका हुन् ।
गङ्गादेव गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने गाउँहरू कुकुरगारे देखि मंग्रा, रातामाटा, हिलेचौर, नाउली, गमथले, रमाइ र नाउली हुँदै गोठिखोला र वडा नम्बर नं. १ को भुर्ती, ओत, मेलडारी गाउँ सम्म बिद्धुत बिस्तारको काम सम्पन्न भएको छ ।
वडा नम्बर १ का १ हजार ८ सय ७३ र वडा नम्बर ३ का ३ हजार ८६ गरी ५ हजार ९ सय ५९ जना व्यक्तिहरू यसबाट प्रत्यक्ष लाभान्वित भएको बताइन्छ ।
११ केभी बिद्धुत लाइन बिस्तार तथा ट्रान्सफर्मर जडान कार्य सम्पन्न भएपश्चात् लाइन चार्ज गर्ने कार्य सम्पन्न भएको र गाउँलेले बत्ती बाल्न पाएका हुन् ।
कहिलेकाहीँ सदरमुकाम लिवाङ तथा अन्य ठाउँमा काम विशेषले गएको बेला मात्र बिजुली बत्ती देख्न ,बाल्न पाएका गाउँलेहरू अहिले आफ्नै गाउँमा बिजुली बलेकोमा दङ्ग छन् । आफ्नै गाउँ , टोल, घरमा बिजुली देख्न ,बाल्न र अन्य विभिन्न प्रयोजनको लागि उपभोग गर्न पाउँदा अँध्यारो दियालो तथा टुकीको दिन समाप्त भएको भन्दै उनीहरू खुसी भएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रोल्पा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्