रोल्पाको दुर्गम गाउँमा पहिलो पटक पुग्यो बिजुली, स्थानीयवासी खुसीले गदगद
रोल्पा । रोल्पाको गंगादेब गाउँपालिकाका स्थानीयवासी यतिखेर खुसीले गदगद छन् । आफ्नो दुर्गम गाउँमा पहिलोपटक बत्ती बाल्न पाउँदा उनीहरूमा खुसीयाली छाएको हो । पहिलो पटक बत्ती बाल्न पाउँदा आफूहरूमा खुसीको सीमा नरहेको उनीहरूले बताए ।
नेपाल बिद्धुत प्राधिकरण रोल्पा वितरण केन्द्रलेले पहिलो पटक यहाँ बिजुली बत्ती बालिदिएपछि बिद्धुत जडान कार्यमा संलग्न भएका प्राविधिक कर्मचारी सँगै बिद्धुतको पोल र ट्रान्सफर्मरलाई गाउँलेहरूले फुलमाला लगाएर स्वागत गरेका छन् । वडा नम्बर ३ का वडा अध्यक्ष लोकमान वली र वडा नम्बर १ का वडा अध्यक्ष अम्रीत वलीको उपस्थितिमा बुधबार साँझ गाउँलेहरूले बाजागाजा सहित उहाँहरूलाई फुलमाला तथा अबिर लगाइदिएर भव्य स्वागत गरेका हुन् ।
गङ्गादेव गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने गाउँहरू कुकुरगारे देखि मंग्रा, रातामाटा, हिलेचौर, नाउली, गमथले, रमाइ र नाउली हुँदै गोठिखोला र वडा नम्बर नं. १ को भुर्ती, ओत, मेलडारी गाउँ सम्म बिद्धुत बिस्तारको काम सम्पन्न भएको छ ।
वडा नम्बर १ का १ हजार ८ सय ७३ र वडा नम्बर ३ का ३ हजार ८६ गरी ५ हजार ९ सय ५९ जना व्यक्तिहरू यसबाट प्रत्यक्ष लाभान्वित भएको बताइन्छ ।
११ केभी बिद्धुत लाइन बिस्तार तथा ट्रान्सफर्मर जडान कार्य सम्पन्न भएपश्चात् लाइन चार्ज गर्ने कार्य सम्पन्न भएको र गाउँलेले बत्ती बाल्न पाएका हुन् ।
कहिलेकाहीँ सदरमुकाम लिवाङ तथा अन्य ठाउँमा काम विशेषले गएको बेला मात्र बिजुली बत्ती देख्न ,बाल्न पाएका गाउँलेहरू अहिले आफ्नै गाउँमा बिजुली बलेकोमा दङ्ग छन् । आफ्नै गाउँ , टोल, घरमा बिजुली देख्न ,बाल्न र अन्य विभिन्न प्रयोजनको लागि उपभोग गर्न पाउँदा अँध्यारो दियालो तथा टुकीको दिन समाप्त भएको भन्दै उनीहरू खुसी भएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रोल्पा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्