लुम्बिनीमा मुख्यमन्त्रीको आज शपथ ग्रहण
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उहाँलाई शपथ ग्रहण गराउनुहुनेछ ।
आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र माओवादी केन्द्रबाट एक÷एक मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताउनुभयो ।
“आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि छलफल भइरहेको छ ।” बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । यसलाई घटाउने गरी छलफल भइरहेको छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लिला गिरी, #लुम्बिनी प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्