औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरू
काठमाडौं । भारतबाट आयात रोकिएपछि नेपालको औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले पिक आवरमा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरू गरेको छ ।
बिहान सात बजेदेखि ११ बजेसम्म र साँझ पाँच बजेदेखि १० बजेसम्म गरी दैनिक नौ घन्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालिएको हो ।
प्राधिकरणले विराटनगर, वीरगन्ज, नेपालगन्ज, भैरहवा, पोखरालगायतका स्थानका उद्योगलाई पिक आवरमा विद्युत् प्रयोग नगर्न निर्देशन दिएको छ ।
पछिल्लो समय भारतबाट दैनिक २५–२६ सय मेगावाट घण्टा विद्युत् आयात भइरहेको थियो । तर, बिहार प्रदेशमा भएको एक हजार तीन सय ३० मेगावाट क्षमताको एक पावर प्लान्ट प्राविधिक कारणले बन्द हुँदा आयात रोकिएपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न सुरु गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिनुभयो ।
उद्योगीहरूले भने विद्युत् कटौती गर्दा आफूहरू मर्कामा परेको बताएका छन् । पछिल्लो समय उद्योगहरूमा पर्याप्त मात्रामै विद्युत् आपूर्ति भइरहेको थियो । एकाएक कटौती हुँदा २४ सै घण्टा चल्नुपर्ने उद्योगहरू प्रभावित भएको उनीहरुको गुनासो छ ।
नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले हिउँदमा पानीको सतह घटेर आयोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । सोहीअनुसार नेपालको बिजुली उत्पादन घट्दा आन्तरिक माग धान्न गत मंसिरदेखि नै प्राधिकरणले भारतदेखि विद्युत् आयात गर्दै आएको छ ।
नेपालको पिक विद्युत् माग १७ सय मेगावाट हाराहारी छ । तर, आयात रोकिएपछि मागअनुसार विद्युत् आपूर्ति गर्न सकिएको छैन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्