३०१ औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा गोरखा बजार झिलिमिली
गोरखा । राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा ठूलोआँगनमा झण्डोत्तोलन तथा विगुलद्वारा विजय ध्वनिसहित ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रमको उद्घाटन हुँदैछ । साथै त्यहाँ गोरखा नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रम पनि हुँदैछ ।
सालिक र राष्ट्रनिर्माता सलामीको उद्घाटन विशेष समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले गर्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापतिबाट उद्घाटन भएपछि हरेक दिनको सूर्योदय र सूर्यास्त समयमा नेपाली सेनाको गुरुज्यूको पल्टनले ‘राष्ट्रनिर्माता सलामी’ दिने कार्यक्रम सञ्चालन हुनेछ ।
सो अवसरमा हरमटारीदेखि ठूलोआँगनसम्मको सडकको दायाँबायाँ नेपाल एकीकरणको सुरुवात विन्दुदेखि आधुनिक नेपाल निर्माणको जगसम्मको इतिहासको नक्सा विवरणसहित क्रमश तस्वीरहरु सजाइएको छ ।
गोरखानगरपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा इतिहासलाई जर्गेना तथा प्रवद्र्धनका साथै पर्यटन क्षेत्रलाई उजागर गर्नका लागि यो कार्यक्रम सुरु गर्न लागेको हो ।
साथै पुस २७ गते नै पृथ्वीजयन्तीको अवसर पारेर बिगत २०५४ सालदेखि आयोजना हुँदै आएको ‘गोरखा महोत्सव’ पनि हुँदैछ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।
दरौँदी दैनिक

क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #राष्ट्रिय एकता दिवस’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्