स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला दुहबी महिनाथपुर ग्रामपञ्चायत बस्ने वर्ष ४२ का राजेश कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनलाई हिजो धनुषाको विदेह नगरपालिका वडा नं.२ बाट ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनु भएको छ ।
बी.आर.३२ ए.सी. ७६७९ नम्बरको स्कुटर चढेर भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शङ्का लागेर चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको प्रवक्ता क्षेत्रीले जानकारी दिनु भयो ।
उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्