विधान अधिवेशन गर्न जसपाको जिम्मेवारी तोकियो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारी काम अगाडि बढाएको छ ।
जसपाको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको हो ।
विभागले प्रदेश नं १ मा खगेन्द्र माखिम, मधेश प्रदेशमा कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्का तथा बागमती प्रदेशमा विद्युत बज्राचार्यलाई जिम्मेवारी दिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । यसैगरी, गण्डकी प्रदेशमा धनप्रसाद तामाङ र लुम्बिनी प्रदेशमा अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगरलाई जिम्मेवारी दिएको छ ।
राष्टिय समितिहरुमा लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामी, जनवर्गीय संगठनहरुमा रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव, गैर भौगोलिकमा चन्देश्वर प्रसाद सिंह र मञ्जु अन्सारी तथा प्रवास विशेष प्रदेश समितिमा रामसहायप्रसाद यादवलाई जिम्मेवारी दिएको बस्नेतले जानकारी दिनुभयो ।
पार्टीले चैत्रसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागले अभिलेख संकलनको कामलाई तिव्रता दिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्