लुम्बिनी प्रदेशमा एमालेका लिला गिरी आज मुख्यमन्त्री बन्दै
काठमाडौं । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्दैछन् ।
प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् । सोही समयाअवधिभित्र माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने एमाले संसदीय दलका नेता गिरीले बताए ।
प्रदेश प्रमुखले दिएको समयको एकदिन अगाडि मंगलबार नै दाबी पेस गर्ने तयारी गरे पनि सत्तारुढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछि दाबी पेस हुन नसकेको प्रदेशसभा सदस्य तथा एमाले नेता भूमिश्वर ढकालले बताए ।
माओवादीले क्न्द्रले भने अन्तिम समयमा लुम्बिनीमा मुख्यमन्त्रीकाे कार्यकाल आधा/आधा हुनुपर्ने अडान राखेकाे थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लिला गिरी, #लुम्बिनी प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्