पाँचथर अस्पतालको सेवामा वृद्धि
पाँचथर । जिल्ला अस्पताल पाँचथरमा बिरामीलाई दिइने सेवामा वृद्धि गर्न विशेषज्ञ चिकित्सक थप गरिएको छ ।
पचास शैयाको अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माण भएपनि जनशक्तिको अभाव रहेको अस्पतालमा केही विशेषज्ञ डाक्टर थप गरिएको छ । पूर्वी पहाडी जिल्लाका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भइरहेका बेला केही जनशक्ति व्यवस्थापन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामराज आङदेम्बेले जानकारी दिनुभयो ।
अस्पतालले हाडजोर्नी तथा नसा रोग ओ.पि.डी. सेवा, हाडजोर्नी रोग सम्बन्धी शल्यक्रिया सेवा, जनरल सर्जन ओ.पि.डी सेवा, जनरल सर्जरी सम्बन्धी शल्यक्रिया सेवा ,एनेस्थेसिया सेवा थप गरेको छ । उक्त सेवा प्रभाव गर्न हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर देउमान लिम्बू, जनरल सर्जन डाक्टर प्राञ्जल चन्द्र पौड्याल र अप्रेसन फिजिसियन डाक्टर गणेश वन थप गरिएको अस्पतालले जनाएको छ ।
विशेषज्ञ थप गरे सँगै हाइड्रोशिल, एपेन्डिसाइड, मलद्वारका रोगहरू, पित्त थैली जस्ता रोगहरूको शल्यक्रिया अस्पतालमै हुने चिकित्सकले जानकारी दिनुभयो ।
५० बेडको अस्पतालको भवन भएपनि अझै १५ बेडकै दरबन्दी रहेको छ । अस्पतालमा रहेको आइसियु जन
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #जिल्ला अस्पताल पाँचथर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्