सुदूरपश्चिम प्रदेशमा संघीयताको जग बस्याे: त्रिलोचन भट्ट
कैलाली । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो ५ वर्षको कार्यकालको प्रगति विवरण प्रस्तुत गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मंगलबार निवर्तमान मुख्यमन्त्री भट्टले संरचना र कर्मचारीको अभावकाबीच थुप्रै काम गरेकाे दावी गर्नुभएको हो । आफ्नो कार्यकालमा संघीयताको जग बसाल्ने काम भएको समेत उहाँले बताउनुभयो । साथै कृषि, पर्यटन जडिबुटी र उर्जालाई प्राथमिकता दिएको उहाँले भएको बताउनुभयो ।
जिल्ला सदरमुकामसम्म पनि सडक पुग्न नसकेको अवस्थामा आफूले अहिले ४ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको उहाँकाे दावी छ । उहाँले आफ्नो कार्यकालमा ५५ वटा पुल बनेका, १ सय ९० किलोमिटर पक्की कुलो निर्माण गरेको २ सय ८४ किलोमिटर कच्ची कुलो निर्माण गरेको बताउनुभयाे ।
१२ हजार ९ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा सिंचाइ पुराएको र १ सय ५७ किलोमिटर तटबन्ध बनाएको उहाँकाे भनाइ छ।सडक पूर्वाधार शिक्षा र स्वास्थ्यमा धेरै काम भएको निवर्तमान मुख्यमन्त्री भट्टकाे तर्क छ ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिलोचन भट्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्