फरार सूचीमा रहेका सांसद महतोले गृहमन्त्री रविकै अगाडि गरे मतदान
काठमाडौं । फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी कोइरी महतोले गृहमन्त्री रवि लामिछानेकै अगाडि मतदानमा भाग लिएका छन्।
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको मतदानमा महतोले पनि भाग लिए।
प्रस्तावको पक्षमा मतदान गर्न उभिएका महतोले गृहमन्त्रीकै अगाडि पुस्तिकामा हस्ताक्षर गरेका थिए। गृहमन्त्री लामिछाने पनि प्रस्तावको पक्षमा मतदान गर्न उभिएका थिए।
पुस्तिकामा वर्णानुक्रमअनुसार नामावली राखिएको थियो। वर्णानुक्रममा गृहमन्त्री लामिछाने र फरार सूचीका महतोको नाम सँगसँगै थियो।
यसअघि प्रहरीले संसद् सचिवालयलाई महतो सम्पर्कमा आए खबर गर्न पत्र पठाएको थियो। तर, गृहमन्त्रीकै सामुन्नेमा उभिँदा पनि महतो पक्राउ परेनन्।
महतो सशस्त्रका असइ थमन विकको हत्यामा फरार सूचीमा छन्। मधेस आन्दोलनका क्रममा २५ भदौ ०७२ मा विकलाई गाडीबाट थुतेर भाला तथा धारिलो हतियारले घोचेर हत्या गरेको अभियोग उनीमाथि छ। उनलाई २ असोज ०७६ मा जिल्ला अदालत महोत्तरीले एक लाख धरौटीमा छाड्ने आदेश दिए पनि पुनरावेदनपछि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएपछि फरार छन्।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार, स्थानीय
ट्याग : #hot, #रवि लामिछाने, #लक्ष्मी कोइरी महतो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्