रोल्पा ,प्युठान र दाङ सडकखण्ड पौष २८ देखि अनिश्चतकालका लागि बन्द हुने
रोल्पा । रोल्पा ,प्युठान र दाङ सडकखण्ड भोलि पौष २८ गतेदेखि अनिश्चित कालीन समयसम्मको लागी बन्द हुने भएको छ ।
रोल्पाको सदरमुकाम लिवाङ,सुलीचौर प्युठानको भिङ्ग्री,चकचके,जन्तीभिर,बडडाडादेखी दाङको भालुवाङ सम्मको सडक खण्ड अन्तरगत सडक डिभिजन कार्यालय प्युठानद्वारा प्युठानको चकचके देखि बडँडाको बिचमा पर्ने भूभागहरूमा घुम्ती तथा साँघुरो सडकलाई चौडा गर्ने बिग्रेको र भत्केको ठाउँहरूमा मर्मत गर्ने भएकोले सडक बन्द हुने भएको हो
उक्त सडक भएर चल्ने यातायातका साधनलाई आवतजावत गर्नको लागी भने बिहान र साँझ गरी दीनमा २ पटक आंशिक समय सडक खुल्ला गरिने भएको छ बिहान ६ बजे देखी ११ बजे सम्म ३ घण्टा र बेलुका ५ बजे देखी ९ बजे सम्म ४ घण्टाको समय निर्धारण गरेर यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरिएको हो जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रशासन कार्यालय प्युठानमा बसेको सर्वपक्षीय छलफलबाट उक्त मिति र समय निर्धारण गरिएको हो
बाटो बन्द हुने अवधिमा एम्बुलेन्स सव वहान र सुरक्षाकर्मीको गाडीलाई प्राथमिकतामा राखेर आवतजावत गर्ने व्यवस्था मिलाइएको रोल्पा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्