३०१ औँ पृथ्वी जन्मजयन्ती: पृथ्वी गान सुमित्रा बजगाइ
काभ्रे । दरि जमिन बरको आकाश त्यागी मोह पनि खडा भयौ खम्बा सरी जंगी परेट बनी।
कुशल मतिको चलाई द्वन्द जोडि नाता अनेकौ सुन्दर बगैँचा कल्पयौ र त आज हामी फुल्दैछौ ।
खण्डित मुटुुुले भएका छियाछियाँ छातिमा एकताको लेप पोत्दै गरजियौ आघातिमा। हामी फुलाई कणकणमा फाल्यौ तँ, म उखेलि गोराका नी मुटु काम्छन् देख्दा वीर गोर्खाली।
भाला,ढुङ्गा,खुकुरी प्रहार पीडा कति कति लाशैलाश बिच्छिदाँ नि डटेनौ एकै रति। भएर निरास चन्द्रसुर्य झुकेनन् युद्व हारी तिम्रै रगत पसिना अमर छन् दशगजा भरि।
भारा छ अधिक काँधमा तिम्रो तिरु म कसरी दिव्योपदेश मन्त्र फुक्ने बनु म पुजारी।
शसक्त छन् मस्तिष्क मेरा कान्ति अझै छरु म तिमी सर्जक म हुँ रक्षक तिम्रै गान गरु म।
फाटमा पाईला टाकुरामा रंग चुचुरोमा छ शिर तिम्रो बिम्ब मेटिए यदि छ मलाई धिक्कार।
भाईले फेरि भने कतै,अंशबण्डा गरु अन्तिम प्राण सम्म लडुँ,आमा भन्दै मरु।
क्याटेगोरी : समाचार
ट्याग : #३०१ औँ पृथ्वी जन्मजयन्ती, #hot, #पृथ्वी गान सुमित्रा बजगाइ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्