टाँडी प्रहरीको सक्रियता : नक्कली नेपाली नोट सहित एक जना पक्राउ
चितवन । प्रहरीले जाली नोटको कारोबारमा संलग्नहरूलाई पटकपटक पक्राउ गर्दै आएको छ । तर, पनि कारोबारीहरु निमिट्यान्न हुनु भने सकेका छैनन् । प्रहरीले जति सक्रियता बढाउँछ, उत्ति फरक शैलीमा उत्रन्छन् कारोबारीहरु ।
चितवन प्रहरीले हिजो (सोमबार) मात्र कालिका नगरपालिका वडा नंम्बर १ बाट एक हजार रुपैयाँँका १३७ थान खोटा मुद्रा जाली नोटसहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका १ बस्ने ४२ बर्षीया गंगा तामाङ रहेकी छिन् ।
आफ्नो डेरा कोठामा खोटा मुद्रा (जाली नोट) संचय गरी जानी जानी चलन चल्ती गर्नका लागी लुकाईछिपाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले सोमबार साँझ ६ बजे तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी उनलाई खोटा मुद्रासहित संगठित अपराध तथा निवारण ऐन, २०७० अन्तर्गत मुद्दा सम्बन्धि कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्