खानेपानीका लागि प्रदेश सरकारबाट अछाममा २० करोड बढीका योजना
अछाम । सुदूरपश्चिम प्रदेश सरकारबाट अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा खानेपानी योजना निर्माणको लागि २० करोड बढी बजेट विनियोजित भएको छ ।
जिल्लाका १० वटा पालिकामा खानेपानी योजना निर्माणको लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटी मार्फत २० करोड ३६ लाख बजेट प्राप्त भएको छ । जिल्लाका १० वटा पालिकाका १ सय ४३ वटा खानेपानी योजना निर्माणको लागि उक्त रकम प्राप्त भएको हो ।
खानेपानी योजना निर्माणको लागि ५ लाख देखि ४० लाख रुपैयाँ विनियोजित भएको छ । सबै भन्दा बढी साँफेबगर नगरपालिकामा २९ वटा योजना र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा २ वटा योजना समेटिएका छन् । बजेट भने सबै भन्दा धेरै पञ्चदेवल विनायक नगरपालिकामा ४ करोड ८४ लाख र कम बान्नीगढी जयगढ गाउँपालिकामा ३० लाख रकम विनियोजित भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटीले जानकारी दिएको छ।
पञ्चदेवल विनायक नगरपालिका वडा नं.४ मा निर्माण हुने लाड्छे अमरसैन नानाखाल खानेपानी योजनामा सबैभन्दा बढी ४० लाख रुपैयाँ प्राप्त भएको छ । यस्तै पञ्चदेवल विनायकको वुढानाउला खानेपानी योजना र धाराखोला बोहरागाउँ खानेपानी योजनामा ३०/३० लाख रुपैयाँ र वडा नं.२ डमिडमी कोरले सैन खानेपानी योजनामा २५ लाख रुपैयाँ प्राप्त भएको छ ।
साँफेबगर नगरपालिकाका २९ वटा खानेपानी योजनाका लागि ३ करोड ९४ लाख रुपैयाँ प्राप्त भएको छ । नगरपालिकाको वडा नं.१ वैजनाथ स्थित खापायो कुम्सैन खानेपानीमा ३० लाख, वैजनाथ टोल खानेपानी योजनामा २५ लाख, वैजनाथ भूमिगत खानेपानी योजनाको लागि २५ लाख, वडा नं.४ को जयाकोट खानेपानी योजनामा २० लाख रकम प्राप्त भएको छ । वडा नम्बर १२ खप्तडको लम्मन खानेपानी योजनामा २५ लाख बजेट प्राप्त भएको छ ।
ढकारी गाउँपालिकाका २५ वटा योजनाको लागि ३ करोड ३० लाख रकम प्राप्त भएको हो । यस्तै तुर्माखाँद गाउँपालिकाका १७ वटा योजनाको लागि २ करोड २३ लाख रकम प्राप्त भएको छ । तुर्माखाँद गाउँपालिकाको भैरवस्थानमा बन्ने दगदके खानेपानी योजनाको लागि २५ लाख रुपैयाँ प्राप्त भएको छ। रामारोशन गाउँपालिकाका ११ वटा खानेपानी आयोजनाको लागि १ करोड ३५ लाख, मंगलसैन नगरपालिकाका ९ वटा योजनाको लागि १ करोड २४ लाख, र कमलबजार नगरपालिकाका ९ वटा योजनाको लागि १ करोड रुपैयाँ प्राप्त भएको छ।
चौरपाटी गाउँपालिकाका ८ वटा खानेपानी आयोजनाको लागि ८५ लाख बजेट प्राप्त भएको छ । चौरपाटी गाउँपालिकाको वडा नम्बर ४ पायलको सिलुवाखोला शान्तिटोल खानेपानी योजनामा १५ लाख, वडा नम्बर ४ पायलकै तामाखानी देउकर खानेपानी योजनामा ८ लाख, लुग्रा गएल खानेपानी योजनामा ५ लाख बजेट प्राप्त भएको छ । मेल्लेख गाउँपालिकाका ९ वटा योजनाको लागि १ करोड २१ लाख बजेट प्राप्त भएको छ । सबैभन्दा बढी मेल्लेख गाउँपालिका वडा नं.७ नन्देगडाको मौभरी वृहत् खानेपानी योजनाको लागि २५ लाख रकम प्राप्त भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #खानेपानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्