ललिता थापाको ‘स्मृतिमा आमा’ लोकापर्ण
सीता पौडेल (अर्चना) काठमाडौं । लेखक ललिता चित्रकार थापाद्धारा लिखित स्मृतिमा आमा पुस्तकको लोकार्पण भएको छ ।शनिबार राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा एकल महिला संघकी संस्थापक लीलि थापाको प्रमुख आतिथ्यतामा ललितपुरमा आयोजित एक समारोहकाविच उक्त पुस्तकको लोकापर्ण गरिएको थियो। घोष्ट राइटिङ नेपाल (लेखन कुञ्ज)द्धारा प्रकाशित १५६ पृष्ठको उक्त पुस्तकमा लेखकका स्मृतिमा रहेका आमाका सम्झनाहरु छोटा र सरल कथाका २० अध्यायमा संग्रहित भएका छन्।
शब्दरुपी फूलका सुन्दर माला जस्तै बुनिएका यी अध्यायको उपसंहारमा सर्जकले महान आमाको महिमा गान गाउँदै आफ्नो यो पुस्तक पढ्ने पाठकलाई प्रेरणा मिलेमा आफूले आमाको आर्शिवाद ग्रहण गरेको अनूभूति गर्ने उल्लेख गर्नु भएको छ।सँगै पुस्तकमा परिवार आफन्तका भनाइहरु र केही महत्वपूर्ण तस्वीरहरु पनि समावेस गरिएका छन्।
लोकार्पण समारोहमा आफ्नो पुस्तक स्मृतिमा आमाको सृजना बारे बोल्दै थापाले स्मृतिमा छरिएर रहेका आमाका धूमिल तस्विर,आमासँग विताएका पल तितामीठा भनाई ,ज्ञानगुनका कुराहरु र तिनका कथालाई कागजमा उतारेर आमा र आफ्नो सम्बन्धलाई जीवन्त राख्ने इच्छाले पुस्तक सृजना भएको बताउनु भयो ।सभ्यता ,संस्कृति र संस्कारकी प्रतिमूर्ती आमाको माया ‘डेट यक्सपाएर नहुने औषधि’ हुन भन्दै सर्जक थापाले आमालाई सम्झँदा दुःखमा सुख मिल्ने,अनिर्णित हुँदा निर्णयमा पुग्न सहयोग पुग्ने र जीवन उर्जाले भरिएर आउने दावी गर्नु भयो ।

आमाले ११ जना सन्तान जन्मार ९ जीवित सन्तानलाई हुर्काउनु ,बढाउनु र पढाउनुका साथै माता बनेर ममता,बाबु बनेर छहारी,गुरु बनेर शिक्षा र दार्शनिक बनेर ज्ञान दिने आमा ‘सारा संसार एक तराजु र आमा एक तराजुमा बस्दा तराजु आमातिरै ढल्किने सर्जक थापाको दाबी छ। आमाप्रति समर्पण गदै लेखिएको यस पुस्तकमार्फत सर्जक थापाले संसारका सबै आमाहरुमा आत्मीय श्रद्धा र स्नेह पु¥याउन चाहेको कुरा उल्लेख गर्नु भएको छ ।
सर्जकले सरल र मिठो भाषाशैलीको प्रयोग गरिदिएकाले पाठकलाई काही कतै अत्यासलाग्दो गराउँदैन। सरल, सरस र छोटा छरिता वाक्य गठनका कारण भाषामा सुन्दरता कायम भएको पाइन्छ । म्यानेजमेन्ट स्पेशलिष्ट समाजसेवी थापा राटरी इन्टरन्यासनल ३२९२ नेपाल–भूटान अन्तर्गत नेपालका असिष्टेन्ट गर्भनरहरु मध्येको एक असिष्टेन्ट गर्भनर(एजी) पनि हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ललिता चित्रकार थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्