प्रधानमन्त्रीले नेपाल र यादवसँग मागे विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड,नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आइतबार बिहान भेटवार्ता भएको हो। सो क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल र यादवलाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।
प्रचण्डले दुवै नेताबीच भएको छलफल सकारात्मक रहेको बताए। बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने,’अध्यक्षद्वय नेपाल र यादवसँग छलफल भयो। दुवै नेता विश्वासको मतदिनेबारे सकारात्मक हुनुहुन्छ।’
१६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन्।
क्याटेगोरी : समाचार
ट्याग : #उपेन्द्र यादव, #पुष्पकमल दाहाल प्रचण्ड, #माधवकुमार नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्