एटीएम प्रयोग गर्दा सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटीएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।
एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ ।
बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ । एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एटीएम, #नेपाल राष्ट्र बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्