प्रबल जनसेवा श्री चौथोबाट पत्रकार तथा फिल्म निर्देशक पाण्डे विभूषित
‘भाग्यले बाँचेकाहरू’ जस्तो वृत्तचित्र बनाएर संसारभर ख्याती कमाएका पत्रकार तथा फिल्म निर्देशक गणेश पाण्डेलाई नेपाल सरकारले प्रबल जनसेवा श्री चौथोबाट विभूषित गरेको छ ।
३ असोज, संविधान दिवसका दिन घोषणा गरेको उक्त पदक नयाँ बर्षका दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा पाण्डेलाई विभूषित गरिएको हो ।
पाण्डेसहित विभिन्न क्षेत्रमा योगदान गरेका अन्यलाई पनि विभूषित गरिएको थियो ।
नेपाल सरकारको गौरब एवम् नेपाली जनताको हित अभिबृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले विभूषित गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले हस्ताक्षर रहेको विभूषणपत्रमा मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपालीको श्रीबृद्धिमा थप सफलता मिलोस भन्ने उल्लेख गरिएको छ ।
पाण्डेले १२ वैशाख, ०७२ को महाभूकम्पमा जोखिमले ज्यान बाँचेकाहरूको जीवनीलाई क्यामेरामा उतार्दै संसारभर नेपालको अवस्थाका बारेमा ‘भाग्यले बाँचेकाहरू’मार्फत चिनाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #पाण्डे विभूषित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्