निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ : दिनेशकुमार थपलिया
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताउनुभएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको आज बागमती प्रदेशको दोलखामा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उहाँले समीक्षाका आधारमा आगामी दिनमा निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने बताउनुभयो ।
निर्वाचन निष्ठा, सिद्धान्त र विचारका आधारमा जितिने भएकाले कुनै पनि पक्षबाट हुने कानुनविपरीतका हर्कतलाई कसैले पनि समर्थन गर्न नसक्ने उहाँले स्पष्ट गर्नुभयो ।
“मतदाता नामावलीलाई शुद्ध बनाउन गाउँपालिकासम्म परामर्श गरी सुझाव लिइएको थियो । मृत्यु भएका र बसाइँ सरेकाहरूको नामावली अद्यावधिक गराइदिन आग्रह गरिएको थियो । हाम्रो विश्वास मतदाता नामावली शुद्ध छ भन्ने हो”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “तर गलत नामावली छ भने त्यसप्रति यहाँहरू नै जिम्मेवार हुनुहुन्छ । मरेका मान्छेलाई मतदान गराएर दोलखाले बदनामी कमाएको म विश्वास गर्दिनँ । छ भने कसरी हुन गयो यहाँ राखिदिनुहोला ।”
कार्यक्रममा आयोगका उपसचिव कमल ज्ञवालीले यसपटकको निर्वाचनमा भएका आँकडा, असल अभ्यास, समस्या र चुनौतीसहितको प्रस्तुतिकरण गर्नुभएको थियो ।
मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुख र सरोकारवालाहरूको सहभागिता रहेको समीक्षा कार्यक्रममा मतदाता नामावली, मतदान प्रक्रिया, जनशक्ति, सामग्री व्यवस्थापन, अनुगमन, निर्वाचन कानुन, सामाजिक सञ्जालको अनुगमन, मतदाता शिक्षा, पर्यवेक्षण, सूचना प्रविधि, लैङ्गिक समावेशीकरण आदि विषयमा समूहगत छलफल हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #दिनेशकुमार थपलिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्