Techie IT
आईतबार, जेठ १७,२०८३

प्रचण्डको सरकार ढाल्न नेपाली कांग्रेसले राप्रपा अध्यक्षलाई प्रधानमन्त्री प्रस्ताव गरेको हो ?

प्रचण्डले विश्वासको मत नपाए के हुन्छ ?


प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने मिति नजिकिँदै जाँदा सङ्घीय संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले त्यसलाई विफल बनाउन अर्को गठबन्धन बनाउन लागेको खबरहरू आइरहेका छन्।

त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्‌को पाँचौँ स्थानमा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको विवरण सार्वजनिक भएको छ।

कांग्रेसबाट त्यस्तो प्रस्ताव आएको कुरालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्वीकार गरेनन् तर त्यसबारे उनले खुलेर पनि बोलेनन्।

यद्यपि देउवा निकट समेत मानिने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले त्यस्तो प्रस्ताव नगरिएको बताएका छन्।

 

कांग्रेस प्रवक्ता के भन्छन् ?

देउवानिकट मानिने नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चाहिँ लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताए।

उनले भने, ‘त्यस्तो छैन। खाली व्यक्तिगत रूपमा यसो भए पनि हुन्थ्यो भन्ने भयो भने फरक कुरा हो।’

उनले अहिलेको गठबन्धन कायम रहने वा नरहने भन्ने कुरा गठबन्धनका साझेदारहरूमै निर्भर गर्ने बताए।

 

राप्रपा र जसपा बाहिरिए भने प्रचण्डमाथि कस्तो दबाव?
नेकपा माओवादी केन्द्र नेतृत्वको अहिलेको सरकारलाई सात दलले समर्थन गरे पनि त्यसमा माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी मात्र सहभागी भएका छन्।

जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारमा सामेल हुने वा नहुने निर्णय गरिसकेका छैनन्।

त्यसबाहेक प्रचण्डलाई समर्थन गरेका तीनजना स्वतन्त्र सांसदहरू पनि सरकारमा सामेल भइसकेका छैनन्


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डको सरकार


तपाईको कमेन्ट लेख्नुहोस्