Techie IT
बिहीबार, साउन २१,२०८३

काठमाडौंको सामाखुसीमा आगलागी


काठमाडौंको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्पनजिकै शुक्रबार बेलुकी आगलागी भएको छ।

टोखा नगरपालिका वडा नम्बर १० स्थित सामाखुसी चोकबाट टोखा जाने सडकखण्डमा रहेको पेट्रोल पम्पसँगै रहेका टहराहरूमा बेलुकी ८ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

उक्त आगलागी नियन्त्रणमा लिइसकिएको पनि प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बालाजु औद्योगिक क्षेत्र, बुढानीलकण्ठ नगरपालिका र प्रहरीको गरी ४ वटा दमकल र ५ वटा पानी ट्यांकर प्रयोग गरिएको छ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]


क्याटेगोरी : समाचार
ट्याग : ## breakingn


तपाईको कमेन्ट लेख्नुहोस्