११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान
कठमाडौं ः पहिलो पटक अमेरिकामा आयोजना हुन लागिरहेको ११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान गरेको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकका रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशनका ओम आचार्य र फेम नेपालमा विमल पछाई अवार्डको तयारिका लागि नेपाल प्रस्थान गरेका हुन । अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्ससको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने यस अघि घोषणा गरिसकिएको छ । नेफ्टा फिल्म अवार्ड नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड हो । त्यस्तै ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीत अल्मोडा राना उप्रेतीले भर्ने निश्चित भइसकेको छ । आयोजक सदस्य किसन रेग्मीका अनुसार अमेरिकामा पत्रकार सम्मेलन, व्यवसाईट लन्च, शिर्ष गीतका लागि संगीतकार अनुबन्धन लगायतका महत्पूर्ण कामहरु सकेर नेपालमा पनि पत्रकार सम्मेलन लगायतका कार्यक्रम हेतु यूएस खबरका आचार्य र फेम नेपालका पछाई नेपाल प्रस्थान गरेका हुन । अवार्ड सम्पन्न गर्नका लागि ८८४८ मिडिया हाउस र आर्यन फिल्मसले पनि आयोजकका रुपमा आफ्नो भुमिका निभाउने छन् । आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ (नेफ्टा)को ११ औं संस्करण सम्पन्न हुँदैछ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्