तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मी गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
तनहुँ । गण्डकी प्रदेश प्रहरी कार्यालयले कास्कीले तनहुँ जिल्लाका प्रहरी प्रमुख (एसपी) राजेन्द्रबाबु रेग्मीलाई नगदसहित पुरस्कृत गरेको छ ।
प्रदेश प्रहरी कार्यालय कास्कीका डिआइजी रामदत्त जोशीले पुरस्कृत भएका प्रहरी प्रमुखहरुले आफूलाई सुम्पिएको जिम्मेवारीलाई अत्यन्तै इमान्दारी, बफादार भई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेको पाइएको हुँदा अभिलेख किताबमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको बताए ।
प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई पुरस्कृत गर्दा मनोबल उच्च रहने र अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गइ कार्यसम्पादनमा अझै बढी प्रभावकारीता आउने देखिएकोले कार्यसम्पादनको कदरस्वरुप प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम पुरस्कृत गरिएको उनको भनाई छ ।
तनहुँका प्रहरी प्रमुख रेग्मी यसअघि मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश श्रीमान दल बहादुर केसी र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालबाट समेत पुरस्कृत भईसकेका थिए । १४ महिनाको लामो जिल्ला बसाइँका क्रममा उनकै कार्यकालमा शान्तिपूर्ण वातावरणमा स्थानीय तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराईएको थियो ।
जिल्लालाई शान्तिपूर्ण बनाउने विषयमा राजनीतिक दल र जिल्लाबासीबाट पर्याप्त सहयोग मिलेको प्रहरी प्रमुख रेग्मीको भनाई छ । शान्ति सुरक्षाको अवस्था सुदृढ राख्नका लागि प्रहरीले विशेष अभियान नै चलाएको प्रहरी प्रमुख रेग्मीको भनाई थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्