Techie IT
शनिबार, वैशाख १९,२०८३

एमाले प्रदेश नं १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन


विराटनगर । नेकपा (एमाले) प्रदेश नं १ को प्रमुख सचेतकमा प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी चयन हुनुभएको छ ।

संसदीय दलको आज बसेको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा चयन गरेको हो ।

नवनियुक्त प्रमुख सचेतक सुनसरी निर्वाचन क्षेत्र नं २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रदेशसभामा एमालेका प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी कुल ४० सदस्य छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा (एमाले) प्रदेश नं १, #रेवतीरमण भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्