आर्थिक विकासका लागि किसान र उद्योग व्यवसायीको मनोबल बढाउन जरुरी : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक विकासका लागि किसान र उद्योग व्यवसायीको मनोबल बढाउन ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नेपाल जुत्ता–चप्पल उत्पादक सङ्घले काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय जुत्ता–चप्पल औद्योगिक प्रदर्शनीको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले किसान र उद्योग व्यवसायीको मनोबल बढाउन सके मात्रै देशले आर्थिक विकास गर्न सक्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले देशमा उपलब्ध साधन–श्रोतको दिगो उपयोग गरी स्वदेशी उत्पादनमा जोड दिन सके चुलिँदो व्यापार घाटा कम गर्न सहयोग पुग्ने पनि बताउनुभयो ।
राष्ट्रपति भण्डारीले आर्थिक विकासका लागि पहिचान गरिएका तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी बढाउन र स्वदेशी उद्योगहरूलाई प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विना विभागीय मन्त्री दामोदर भण्डारीले निजी क्षेत्र सँगको सहकार्यबिना सरकारले लिएको आर्थिक विकासको लक्ष्य हासिल हुन नसक्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले कोरोनाका कारण शिथिल बन्दै गएको अर्थतन्त्रलाई सुधार गर्न नवगठित सरकारको न्यूनतम साझा कार्यक्रममा मार्फत् निजी क्षेत्रका मागहरू सम्बोधन हुनेगरी कार्यक्रमहरू ल्याउने प्रयास भइरहेको पनि बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बैङ्कहरूमा देखिएको तरलताको समस्या र निरन्तर बढ्दै गएको ब्याजदरका कारण साना लगानीका उद्योगहरू बन्द हुने अवस्थामा पुगेको हुनाले त्यस तर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्