राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी व्यवस्थाबारे सम्बोधन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु पुँजी कर्जासम्बन्धी व्यवस्थाबारे सम्बोधन गर्ने भएको छ । यसबारे अहिले अपरान्ह ३ बजे आकस्मिक पत्रकार सम्मेलन गर्दैछ ।
राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण गर्नेबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको जनाएको छ । आजै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच वर्तमान देशको अर्थतन्त्रबारे छलफल भएको थियो । उक्त छलफलमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन र बैंकको ब्याजदर घटाउनेबारे केन्द्रित रहेको थियो ।
चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा कुल कारोबारको २५ प्रतिशतसम्म उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण पाउने व्यवस्था छ । जुन व्यवस्थाका कारण आफूहरु ऋण पाउनबाट वञ्चित भएको भन्दै व्यवसायीले विरोध गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल राष्ट्र बैंक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्