निर्देशक गणेश पाण्डेको ‘को-हजबेण्ड’ लन्डन माउन्टेन फिल्म फेस्टिभलमा छनौट
काठमाडौं । बहुपति प्रथामा निर्मााण भएको वृतचित्र ‘को-हजबेण्ड’ बेलायतको लन्डन माउन्टेन फिल्म फेस्टिभलका लागि छनौट भएको छ ।
२०२३ भित्र आयोजना हुने लन्डन माउन्टेन फिल्म फेस्टिभलका लागि ‘को–हजबेन्ड’ छनौट भएको हाे । यसबारे निर्देशक गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
यस अगाडि भारत, अमेरिका लगायत धेरै देशका विभिन्न फेस्टिभलमा फिल्मले अवार्ड जितेको थियो । ३५ मिनेटको यो फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको छ ।
घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका हुम्ला लगायतका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन् ।
साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘को-हजबेण्ड’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्