प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेटवार्ता
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।
सो भेटवार्तामा प्रधानमन्त्री दाहालले विश्वासको मत दिन अध्यक्ष नेपालसँग आग्रह गरेको बुझिएको छ । यसअघि पनि प्रधानमन्त्री दाहालले माधव नेपालको दललाई सरकारमा सहभागी हन आग्रह गरेका थिए । माधव नेपालले भने अहिले नै सरकारमा सहभागी नहुने बताउँदै आएका छन् ।
विश्वासको मत दिनेबारे भने पुष २६ गते नै निर्णय लिने नेपालको भनाई छ । प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी) लाई सत्ता गठबन्धनमा सहभागी हुन गरेको आग्रहलाई नेपालले सकारात्मक रुपमा लिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल, #माधवकुमार नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्