Techie IT
मंगलबार, जेठ १२,२०८३

सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह चयन


धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । दलको नेतामा रहेका अन्य आकांक्षीहरुलाई पछि पार्दै उनी सर्वसम्मत चयन भएका हुन्।

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।

शाह कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #कमलबहादुर शाह, #नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्