राप्रपा र रास्वपाबीच पार्टी एकताको चर्चा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टी एकताको चर्चा चलेको छ । पछिल्लो समय राप्रपा नेतृत्वमा रास्वपासँग पार्टी एकता गर्नुपर्ने दबाब बढेको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपा १४ सिटसहित संसद्को पाँचौ ठूलो दल बनेको छ । रास्वपा भने २० सिटसहित चौथो दल बनेको छ ।
दुवै दलले राष्ट्रियता, सुशान र विकासको एजेण्डा बोकेकोले मिलेर अघि बढ्नुपर्ने नेताहरुको भनाई छ । उता, माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०, उपेन्द्र यादव नेतृत्वको जसपाबीच एकताको लागि गृहकार्य भएको छ । वामपन्थीहरु मिल्नका लागि गृहकार्य थालेपछि राप्रपामा पनि विचार मिल्नेसँग एकता प्रक्रिया अघि बढाउनुपर्ने दबाब बढेको छ। अहिले राप्रपा र रास्वपा दुवैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेका छन् । रास्वपा त सरकारमा सहभागी भैसकेको छ ।
रास्वपाका सभापति रवि लामिछाने अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्री छन् । वामपन्थीहरुबीच एकता प्रक्रियाको चर्चा चलेपछि राप्रपाका प्रभावशाली नेताहरुले पनि अब रास्वपासँग एकता गर्नुपर्ने भन्दै नेतृत्वसमक्ष लविङ थालेका छन् । राप्रपाले सरकारमा सहभागी हुनको लागि प्रधानमन्त्री दाहालसमक्ष केही शर्त अघि सारेको छ ।
ती शर्तमा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदादेखि भ्रष्टाचारबारे छानबिन गर्न शक्तिशाली आयोग गठन रहेको छ । प्रधानमन्त्री दाहाल राप्रपाका सबै मागप्रति सकारात्मक छन् । पुष २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिने वा नदिने भन्नेबारे भने दाहाल अन्यौलमा छन् । अरु मागमा भने उनी सकारात्मक छन् । राप्रपा र रास्वपाबीच एकताको लागि पहल थाल्नेगरि दुवै दलका प्रभावशाली नेताहरुबीच भेटवार्ता सुरु भएको स्रोतको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय प्रजातन्त्र पार्टी, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्