म्यानचेस्टर युनाईटेडको सहज जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेडले बर्नेमाउथलाई ३(० गोल अन्तरले हराएको हो ।युनाईटेडको जितमा कासिमिरो, लुक श र मार्कुस राषफोर्डले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
लुक शले खेलको ४९ औं मिनेटमा गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३-० को जित दिलाए ।
जितसँगै युनाईटेडले १७ खेलमा ३४ अंक जोडेको छ ।
युनाईटेड चौंथो स्थानमा रहेको छ ।
बर्नेमाउथ १८ खेलमा १६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : #इंग्लिस प्रिमियर लिग, #म्यानचेस्टर युनाईटेड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्